जीटीनले गर्यो  पर्यटन सहयोगीहरुलाई राहत वितरण

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) ले पर्यटन सहयोगीहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समस्यामा परेका पर्यटन सहयोगीहरुलाई जीटीनले शनिबार खाद्य सामाग्री वितरण गरेको हो ।

जीटीनले राहण वितरणका लागि कोष खडा गरेको थियो । जिटिनको राहत कोषमा तमू बौद्ध सेवा समिति र व्यवसायी गीता गुरुङले आर्थिक सहयोग गर्नुभएको थियो । त्यही सहयोगमार्फत आएको रकमबाट पर्यटन सहयोगीहरुलाई राहत सामाग्री वितरण गरिएको जीटीनका अध्यक्ष अम्बीर गुरुङले जानकारी दिनुभयो ।

‘कोरोना संकटले पर्यटन क्षेत्रलाई पनि समस्यामा पारेको छ । लामो समय व्यवसाय ठप्प हुँदा यसमै आश्रीतहरुलाई ठूलो समस्या परेको छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘हामीले उहाँहरुलाई थोरै भए पनि सहयोग गर्न सक्छौ कि भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरेका हौं ।’

जीटीनले विभिन्न कम्पनीहरुले सिफारिस गरेका व्यक्तीहरुलाई खाद्य सामाग्री वितरण गरेको हो । जीटिनका उपाध्यक्ष पिताम्बर गुरुङका अनुसार कम्पनीहरुले सिफारिस गरेका २७ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार