तमू ल्होछाको अवसरमा जीटीनको शुभकामना आदानप्रदान

काठमाडौं । तमू ल्होछारको अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ (जीटीन)ले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । च्यू ल्हो(मुसा वर्ग)को विदाई तथा ल्वों ल्हों( गाई वर्ग)को स्वागत गर्दै जीटीनले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । ल्होछारको अवसरमा आयोजित कार्यक्रममा तमू भेषभूषामा सांस्कृतिक कार्यक्रम, हास्यब्यंग्यका प्रस्तुतीहरु पस्किइएको थियो ।

मंगलबार अपरान्ह आयोजित कार्यक्रममा गुरुङ जातिको संस्कृति अनुसारको खानपान तथा साँस्कृतिक कार्यक्रमले ल्होछारको रौनकता बढ्नुका साथै लामो समयको कोरोनाकहरबाट पुर्नताजकी मिलेको भन्दै जीटीका पदाधिकारी तथा सदस्यहरुले खुशी व्यक्त गरेका थिए । कोरोनाका कारण यो वर्ष टुँडिखेलमा ल्होसार मनाउने कार्यक्रम स्थगित भएपछि जीटीनले स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी जीटीन पदाधिकारी तथा सदस्यहरुकाबीच ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष अम्बिर गुरुङले बताउनुभयो ।

जीटीन स्थापना दिवस तथा वार्षिक साधारणसभा तथा तमू ल्होसारको अवसरका केहि तस्विरहरुः

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार