पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा शुरु

काठमाडौंकाठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपाल साइकल फेस्टिभल शुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा शुरु भएको ‘नेपाल साइकल यात्रा’ नाम दिइएको साइकल यात्रा पश्चिम महेन्द्रनगरबाट शुरु भइ मेचीसम्म पुग्नेछ । । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपाल साइकल फेस्टिभल शुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा शुरु भएको ‘नेपाल साइकल यात्रा’ नाम दिइएको साइकल यात्रा पश्चिम महेन्द्रनगरबाट शुरु भइ मेचीसम्म पुग्नेछ । कोरोनाले थलिएको पर्यटन उकास्न यो फेस्टिभल सहयोगी बन्ने विश्वास गरिएको छ ।

साइकल यात्रा महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काकडभित्तासम्म पुग्नेछ । पूर्वपश्चिम साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।

नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाट्टा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोग रहेको छ । कार्तिक १७ गते काठमाडौंबाट विदाई गरिएको  साइकल यात्रा समूह तीन सातापश्चात काठमाडौं फर्किने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार