आइस क्लाइम्बिङ फेस्टिबलको तयारी पूरा

काठमाडौं । नेपाल पर्वतारोहण संघको आयोजनामा मनाङको हुम्देमा हुन लागेको साहसिक खेल आइस क्लाइम्बिङको तयारी पूरा भएको छ । माघ २२ गतेबाट २७ सम्म (फेबु्रअरी १ देखि १०) आयोजना हुन लागेको फेस्टिबलको तयारी पूरा भएको संघले जनाएको छ । ‘आइस क्लाइम्बिङ फेस्टिबलका लागि आवश्यक सामाग्रीहरुको ब्यवस्थापन भइसकेको छ । पूर्वाधारको तयारी पनि भइसकेको छ’, संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

फेस्टिबलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ४० जनाको सहभागिता रहने संघले जनाएको छ । संघले आयोजना गर्न लागेको यो दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हो । संघले नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम स्वरुप यो फेस्टिबलको आयोजना गर्न लागेको जनाएको छ ।

फेस्टिबलले नेपालमा साहसिक खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने संघको विश्वास छ ।
आईस क्लाइम्बिङ फेस्टिबलका लागि नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक र नेपाल पर्वतारोहण प्रशिक्षक संघले प्राविधिक सहयोग गर्नेछ ।

फेस्टिबलमा आइस क्लाइम्बिङ, साहसिक फिल्म प्रर्दशनी, फोटोग्राफी, स्थानीय जातजातिका संस्कृति प्रर्दशन गरिनेछ।

फेस्टिबलका लागि नेपाल भ्रमण वर्ष २०२० ले पनि सहयोग गरेको छ भने नेपाल सरकार र नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले प्रवद्र्धनमा सहयोग गर्ने संघले जनाएको छ ।

तस्विर÷ नेपाल क्लाइम्बिङ टिम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार