पर्यटन क्षेत्रमा स्थापित संस्था जीटीनले मनायो आठौं स्थापना दिवस

काठमाडौं । पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) ले आफ्नौ आठौं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसका अवसरमा जीटिन अध्यक्ष अम्बिर गुरुङले आगामी दिनमा जीटीनलाई गरिमामय स्थानमा पुर्याउन आफु नेतृत्वको जीटीन लागिपर्ने बताउनुभयो । ‘जीटिनलाई सधैं सफल र एक ढिक्का बनाइराख्न सबै एकजुट हौं ।’ उहाँले भन्नुभयो ।
नेपाल पर्वतारोहण संघका महासचिव तथा जीटीनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले जीटीनको स्थापना कालको आठ वर्ष लामो अवधिको अनुभव, आरोह अवरोहसंगै संस्थाले धेरै उपलब्धिहरु हासिल गरेको उल्लेख गर्नुभयो । उहाँले जीटीन स्थापनाकाल देखि नै सक्रीय रहँदै आएकाले आजको अवस्थासम्म आईपुग्दा पर्यटन क्षेत्रमा महत्वपूर्ण संस्थाको रुपमा स्थापित भइसकेको स्मरण गराउनुभयो ।

स्थापना दिवसका अवसरमा जीटिनले आठ वर्षको अवधिमा गरेको काम र उपलब्धिबारे चर्चा गरेको थियो । जीटीनले यस अवधिमा पर्यटन क्षेत्रका महत्वका संघ संस्थाहरुमा आफ्नो उपस्थितीलाई अर्थपूर्ण रुपमा उभ्याएकोमात्र नभई हरेक संस्थामा गुरुङ व्यवसायी नेतृत्वमा पुग्नु, सामाजिक क्षेत्र जस्तै मृगौला रोगीलाई आर्थिक सहयोग, भूकम्प, बाढीपिडितलाई राहत वितरण जस्ता कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

जीटीनले गुरुङ तथा गैर गुरुङ समुदायको बसोबास रहेको सिन्धुपाल्चोकको हैबुङ, नुवाकोटको सिक्रे जस्ता गाउँहरुमा आर्थिक उन्नति र पर्यटन प्रवद्र्धनका लागि घरबास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेको छ । जीटीनले विभिन्न संघसंस्थासंग शुभकामना आदानप्रदान, आर्थिक संकलन र पर्यटन मजदूर कोष निर्माणका लागि देउसीभैलो कार्यक्रम समेत गर्दै आएको छ ।
स्थापना दिवसकै अवसरमा जीटीन सल्लाहकारमा मनोनित सात जना ब्यक्तित्वलाई खदा लगाई सम्मान गरेको छ । संस्थापक सदस्य धनबहादुर गुरुङ, दक्षिण एसियाकै पहिलो पर्वतीय पथप्रदर्शक सुनारबहादुर गुरुङ, संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, संस्थापक उपाध्यक्ष रुपचन्द्र गुरुङ, संस्थापक महासचिव टिकाराम गुरुङ, संस्थापक सदस्य डिबी गुरुङ र नारायणप्रसाद कोने सल्लाहकारमा मनोनित गरेको हो ।
आठ वर्ष पूरा गरी नवौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा जीटीन अध्यक्षले केक काटेर खुशियाली आदानप्रदान गर्नुभएको थियो । देशभरीका दुइसय भन्दा बढि पर्यटन व्यवसायीहरुको छाता संस्था जीटीनले आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र सफल बनाउन प्रयास गर्ने सदस्यहरुले बताए । काठमाडौंको ठमेल स्थित पलेटी भान्सा घरमा सोमबार मनाइएको स्थापना दिवसमा जीटीन पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार