जीटीन र एनएमटीएसद्वारा पर्यटन क्षेत्रका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा सम्मान

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जीटीन) र नेपाल मगर पर्यटन समाजले पर्यटन क्षेत्रका विभिन्न संघसंस्थामा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा जीटीन र एनएमटीएले पर्यटन क्षेत्रका १० वटा संघसंस्थाका पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको हो ।

कार्यक्रममा जीटीन र एनएमटीएले नेपाल पर्यटन बोर्डमा उपाध्यक्ष पदमा नियुक्त हुनुभएका रामप्रसाद सापकोटा(कमल) लाई बधाई तथा सम्मान पत्रले सम्मान गरिएको थियो । यसैगरी बोर्डमा नियुक्त हुनुभएका सदस्यद्वय राजेन्द्र लामा र ऋषिराम भण्डारीलाई पनि सम्मान ग¥यो ।

यसैगरी टे«ेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल ट्राभल एशोसिएसन अफ नेपाल, ठमेल पर्यटन विकास परिषद, पर्वतारोहण सञ्चालक संघ नेपाल, टुरिष्ट बस एशोसिएसन नेपाल, रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च, नेपाल पर्यटन यातायात व्यवसायी संघ र नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान ग¥यो ।

बधाई तथा सम्मान कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष सापकोटाले संघसंस्थाले गर्ने सम्मान अति महत्वपूर्ण रहेको बताउनुभयो । पर्यटन बोर्डमा आफुले प्राइभेट सेक्टरलाई समेटेर सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटन प्रवद्र्धनमा काम गर्ने हाम्रो काम हो र हामी पहिले भइरहेका कामलाई पनि निरन्तरता दिनेछौं ।’

टानका नवनिर्वाचित अध्यक्ष सागर पोण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि सबै पर्यटन क्षेत्रका संघसंस्थाहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रका हरेक समस्यामा सरकार, पर्यटनक बोर्ड लगायत सबैको ध्यानाकर्षण हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

कर्यक्रममा सबैजसो संघसंस्थाका नवनिर्वाचित अध्यक्षहरुले जीटीन र एनएमटीएसले गरेको सम्मानले आफुलाई थप जिम्मेवारी बोध भएको बताए ।
कार्यक्रममा जीटीनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले संस्थामा निर्वाचित भइ नेतृत्वमा पुग्नुभएका सबैले अब राजनीतिलाई विर्सेर सम्पूर्ण पर्यटन व्यवसायीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । एनएमटीएसका संस्थापक महासचिव तीलक थापामगरले संस्थामा निर्वाचित हुँदै गर्दा आफुहरुले गरेका बाचालाई पूरा गर्न नवनिर्वाचित पदाधिकारीमा अनुरोध गर्नुभयो ।

जीटीका अध्यक्ष पीताम्बर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनएमटीएसका अध्यक्ष जीवन थापामगरले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सस्थाद्वयका महासचिव जय गुरुङ र चन्दन थापामगरले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमका केहि तस्विरहरुः

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार