टान अध्यक्षमा पाण्डे, वरिष्ठ उपाध्यक्षमा कर्मा

काठमाडौं । पर्वतीय पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था टे«ेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित हुनुभएको छ । उहाँसंग अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा हुनुहुन्थ्यो । निर्वाचित हुनुभएका पाण्डेसंग विगतमा टान पदाधिकारीमा रहेर काम गर्नुभएको अनुभव समेत रहेको छ ।

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा निर्वाचित हुनुभयो । वरिष्ठ उपाध्यक्षमा कर्माका प्रत्यासी चोलेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो । उहाँहरु दुवैजना सोलुखुम्बु जिल्लाबाट हुनुहुन्छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका शेर्पा विगत दुइ दशकदेखि पर्वतीय पर्यटन क्षेत्रमा सक्रीय रहँदै आउनुभएको छ ।

यसैगरी प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्ष सनम शेर्पा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्ष गौतमराज वाग्ले र सह–कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् ।

सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, राजु गुरुङ, विकास गुरुङ, पवित्रा तामाङ, होमबहादुर विश्वकर्मा, फुर्वा छिरिङ भोटे, छाप्ते लामा शेर्पा, सागर राई र विनोदकुमार तामाङ निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकाल दुई वर्षको रहेको छ ।

सेप्टेम्बर दुईमा सम्पन्न टान निर्वाचनमा काग्रेस एमाले गठबन्धन र माओवादी, कांग्रेस एमाले गठबन्धनका असन्तुष्ट पक्ष र साना दल लगायतकाको गठबन्धन गरि दुई प्यानल चुनावी मैदानमा प्रतिस्पर्धामा थिए । टानमा लगभग २५ सय सदस्य संख्या रहेको छ ।

तस्विर÷सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार