नयाँ नेतृत्वका लागि टान निर्वाचनमा होमियोः दुई प्यानल मैदानमा

काठमाडौं । पदयात्रा पर्यटनको छाता संस्था टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टान यतिबेला निर्वाचनमा होमिएको छ । सेप्टेम्बर दुइ तारिकमा हुने नयाँ नेतृत्व चयनका लागि टानमा सरगर्मि बढेको हो । टानमा टे«किङ क्षेत्रका चौबिस सय भन्दा बढि सदस्य रहेका छन् । ।

सेप्टेम्बर दुइमा हुने टान नेतृत्वको निर्वाचनका लागि राजेन्द्रप्रसाद सापकोटा नेतृत्वको प्यानल र सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा छन् । दुवै टोली यतिबेला प्रचारप्रसार र मत माग्नमा व्यस्त छन् । सापकोटा नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्ष विष्णुप्रसाद लम्साल, द्वतीय उपाध्यक्ष सनम शेर्पा, महासचिव राजेन्द्रप्रसाद सुवेदी, सचिव रिन्जी जाङबु शेर्पा, कोषाध्यक्ष गौतमराज वाग्ले चुनावी मैदानमा छन् । यसैगरी सदस्यहरुमा पबित्रा तामाङ, राजु गुरुङ, दावा ग्याल्जेन शेर्पा, सुमन अर्याल, दिनेश तिमल्सिना, विश्व दाहाल र छाप्ते लामा रहेका छन् ।

यसैगरी सागर पाण्डे नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्ष दावा लामा, द्वितीय उपाध्यक्ष निशेष थापा, महासचिव सोनाम ग्याल्जेन शेर्पा, सचिव सजना त्रिपाठी, कोषाध्यक्ष गणेशप्रसाद न्यौपाने, सहकोषाध्यक्ष डम्बर अधिकारी चुनावी मैदानमा छन् । सदस्यहरुमा सृस्टी भन्डारी, अम्बिरबहादुर गुरुङ, माधवकुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद सिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ उम्मेद्वर रहेका छन । नयाँ नेतृत्व चयनका लागि सेप्टेम्बर २ मा चुनाव हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार