गुरुङ हेरिटेज ट्रेकिङ ट्रेलः प्राचिन गुरुङ संस्कृति र परम्परालाई समेट्ने प्रयास

काठमाडौं । गुरुङ हेरिटेज टे«किङ टे«ेल (गुरुङ सम्पदा पदमार्ग) पर्यटन क्षेत्रमा नयाँ पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन तथा विकास हुने भएको छ । प्राचीन गुरुङ संस्कृत र परम्पराको ईतिहास बोकेको बस्तीलाई समेट्ने उद्देश्य सहित ‘गुरुङ सम्पदा पदमार्ग’ नेपालको पर्यटन क्षेत्रमा संभावनाको नयाँ गन्तब्यको रुपमा प्रवद्र्धन र विकास गर्न लागिएको हो ।

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (गण्डकी प्रदेश) को अगुवाइमा सैयौं वर्ष पुरानो गुरुङ ईतिहास, परम्परा र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनसंग जोड्न यो पदमार्ग अन्वेशन तथा प्रवद्र्धनमा महत्वपूर्ण पहल शुरु भएको हो ।

पोखराबाटै सुरु हुने यो पदमार्ग कास्कीको पर्यटकीय गाँउ ताङतिङ(१,६८५ मी.), क्रपु (२,९३० मी.), क्रपु डाँडा(३,३८५ मी.), चोरो (३,३३० मी.), ताप्राङ (३,३८५ मी.), क्होलासोथर (३,२८५ मी.), ठुलेख (४,०७० मी.), थ्रुजु (४,०९०मी.), हुदै नामुन (गुरुङ देउराली ४,९१०मी.) पास, नामुन (गुरुङ देउराली ४,९१०मी.) पास हुँदैं मनाङ जिल्लाको तिमाङ (२,७५०मी.) पुगेर टुंगिने गुरुङ पर्यटन व्यवसायी संघ नेपाल जीटीनका अध्यक्ष पिताम्बर गुरुङले बताउनुभयो ।

‘दश दिनमा सम्पन्न भएको अन्वेशन तथा प्रवद्र्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय संभावनाका लागि आशा जगाएको छ ।’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘जीटीनले गरेको गुरुङ सम्पदा पदमार्गको खोज तथा अन्वेशनको पहिलो चरणको कार्यक्रम सफल भएको छ ।’

गुरुङ जातिको प्राचीन इतिहास, संस्कृति र प्राकृतिक सुन्दरतालाई गुरुङ सम्पदा पदमार्गको रुपमा विकास, संरक्षण र प्रवर्द्धन गर्न अन्वेशन गरी पहल शुरु गरेको गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो। ‘गुरुङहरूको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रूपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको हो ।’ उहाँले भन्नुभयो, ‘दश दिने पदयात्रा तथा अन्वेशनले यस क्षेत्रको पर्यटकीय संभावनालाई उजागर गरेको छ ।’

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र स्थानीय निकायहरूको सहयोगमा सञ्चालित यो कार्यक्रमले ताङतिङदेखि मनाङ जिल्लाको तिमाङसम्मको यात्रालाई समेटेको छ।

यस पदमार्गमा पर्यटकहरूले गुरुङ बस्ती, खर्क, भञ्ज्याङ, देउराली, ताल लगायतका सुन्दर स्थानहरूको अवलोकन गर्न सक्नेछन् । पदमार्गमा अन्नपूर्ण, माछापुछ्रे, मनास्लु जस्ता हिमशृंखलाहरूको दृश्य, विविध वनस्पति र वन्यजन्तुको पनि अवलोकन गर्न सकिनेछ ।

गुरुङ सम्पदा पदमार्गले पस गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेस लगायतका स्थानमा सञ्चालित सामुदायिक घरबास कार्यक्रमलाई पनि समेटेको छ। जेठ २१ गतेबाट शुरु भएको पदमार्ग यात्रा जेठ ३० गते सम्पन्न भएको हो ।

प्राचीन कालमा नुन व्यापारको लागि प्रयोग भएको यो पदमार्गले अब नयाँ रूप लिने भएको हो। गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुर्ख्यौली बाटोलाई पदमार्ग पर्यटनसँग जोड्ने जीटीनको लक्ष्य रहेको छ । पछिल्लो समय पर्यटन क्षेत्रमा आकर्षित गुरुङ समुदायका ब्यक्तित्वहरु आफ्ना समुदायको पुख्र्यौली थाकथलो, ईतिहास, प्राचिन बस्तीहरुमा पर्यटन प्रर्वद्र्धन तथा घरबास सञ्चालन गर्न अग्रसर देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार