शुभदिपावलीको अवसरमा जीटिनले देउसीभैलो कार्यक्रम गर्ने

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जीटिन)ले शुभदिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको छ। दिपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै पर्यटन मजदूर कोष बृद्धिका लागि देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको जीटीनले जनाएको छ ।

कार्यक्रममा दिपावलीको शुभकामना, देउसीभैलो कार्यक्रम, गुरुङ संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, गुरुङ जातिको मौलिक खानपानको व्यवस्था गरिएको जीटीनका अध्यक्ष पिताम्बर गुरुङले जानकारी दिनुभयो । ‘देउसीभैलो कार्यक्रमको मुख्य उद्देश्य शुभकामना आदानप्रदान तथा पर्यटन मजदूर कोष वृद्दि गर्ने भन्ने नै हो । अध्यक्ष गुरुङले भन्नुभयो, ‘देउसीभैलो कार्यक्रमले मजदूर कोष बृद्धिमा थप सहयोग पुग्ने आशा गरेका छौं।’

जीटिन देउसीभैलो कार्यक्रममा नेपाल पर्वतारोहण संघ(एनएमए), ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल(टान), पर्यटन गाउँ प्रवद्र्धन मञ्च(भिटोफ नेपाल), नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) शेर्पा पर्यटन व्यवसायी संघ (एसटिन), मगर पर्यटन समाज लगायत संघसंस्थाहरु तथा विभिन्न व्यक्तित्वहरुको सहभागिताका लागि पत्राचार गरिएको जिटिनले जनाएको छ ।

कात्तिाक २५ गते शनिबार आयोजना हुने देउसी भैलो कार्यक्रम काठमाडौंको ठमेल पकनाजोल स्थित गोकर्ण हाउस एण्ड रेस्टुरेन्टमा आयोजना गरिने छ । दिउँसो १२ः३० बाट शुरु हुने देउसीभैलो कार्यक्रम बेलुका पाँच बजे समापन गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार