कीपको २८ औं साधारणसभा सम्पन्नः पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठममाडौं । काठमाडौं इनभाइरोमेन्ट एजुकेशन प्रोजेक्ट (कीप) को २८ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन सत्रमा शुभकामना मन्तब्य ब्यक्त गर्नुहुँदै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा(कमल)ले आफुले कम्पनी स्थापना गर्दा इकोटुरिजमलाई ध्यान दिएर कम्पनी सञ्चालन गर्नुपर्छ भनेर शुरुवात गरेको बताउनुभयो । ‘यद्दपि नेपालमा साँच्चिकै इकोटुरिजम चलाउन गा¥हो छ ।’ उहाँले थप्नुभयो, ‘तर कीपले लामो समयदेखि हामीजस्ता पर्यटन व्यवसायीलाई आवश्य, गाईडहरुलाई आवश्यक तालिमहरु सञ्चालन गर्दै आएको छ ।’ उपाध्यक्ष सापकोटाले कीपले गाईडहरुका लागि सञ्चालन गर्दै आएको प्राथमिक उपचार तालिम, अंग्रेजी कोर्षहरु जस्ता आवश्यक भएका कुराहरुमा सञ्चालन गर्दै आएको कामको पनि प्रशंसा गर्नुभयो । कीपमा योगदान गर्ने संघसंस्था र ब्यक्तित्वहरुलाई पनि उहाँले बधाई तथा शुभकामना दिनुभयो ।

कीपका अध्यक्ष देवीप्रसाद पन्तले कीपले गरेका कार्यक्रमबारे जानकारी गराउनुभएको भयो। विभिन्न पर्यटीय जिल्लाहरुमा कीपले शिक्षा, स्वास्थ्य, खानेपानी र वातावरणीय क्षेत्र आदिमा गर्दै आएको कार्यक्रमबारे जानकारी गराउनुभयो ।

उद्घाटन सत्रमा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान), नाट्टा, नारा लगायत पर्यटन क्षेत्रमा अनुभव बटुेलेका र विभिन्न संघसंस्थामा रहेर काम गरिसकेका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए ।

कीपका महासचिव पिताम्बर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा कीपसंग साझेदारीमा काम गरेका र कीपमा योगदान गरेका संघसंस्था र व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कीप अध्यक्षमा पुनः पन्त

कीपको साधारणसभाले देवीप्रसाद पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पन्तको निरन्तर यो दोस्रो कार्यकाल हो ।
उद्घाटन सत्र पछिको बन्द सत्रले उपाध्यक्ष रामकुमार पुरी, महासचिव पिताम्बर गुरुङ, सचिव नवराज आमगाईं, कोषाध्यक्ष ऋषिप्रसाद नेपाल, कोषाध्यक्ष मिना शेर्पालाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा गोपी श्रेष्ठ, डाक्टर दिलबहादुर तामाङ, नाम्ग्याल जाङ्बु शेर्पा, पाल्साङ शेर्पा र बाबुराम कार्कीलाई चयन गरेको हो । कीपले लामो समयदेखी वातावरणमैत्री पर्यटनका लागि काम गर्दै आइरहेको छ ।

केहि तस्विरहरुः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार