टानको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पाको दाबी

काठमाडौं । टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टानमा नयाँ नेतृत्वका लागि सोलुखुम्बुका कर्मा शेर्पाले बरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका शेर्पा विगत दुइ दशकदेखि पर्वतीय पर्यटन क्षेत्रमा सक्रीय रहँदै आउनुभएको छ । विगतमा टानको कार्यसमिति सदस्य रहेर कार्य अनुभव गरिसक्नुभएका शेर्पाले यो पटक भने वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहेको बताउनुभयो ।

‘पदयात्रा पर्यटन व्यवसायीलाई राज्यसंग जोड्न पहल गर्छु, भविश्यमा टानलाई पर्यटन क्षेत्रको नेतृत्वदायि संस्थाको रुपमा गतिशिल बनाउन मेरो उम्मेद्वारी हो ।’ उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रलाई मर्यादित बनाउन अपरिहार्य छ । टान नयाँ नेतृत्वमा मलाई पुर्याउनुभएमा टानलाई व्यवसायीको अपनत्व हुनेगरी अग्रणी भूमिका खेल्दै अगाडी बढाउने मेरो योजना छ ।’

वरिष्ठ उपाध्यक्षका प्रयासी शेर्पाले टानलाई अहिलेको प्रविधिसंग जोडेर डिजिटल टान निर्माणमा आफुले अहं भूमिका निर्वाह गर्ने पनि बताउनुभयो । शेर्पा पर्यटन क्षेत्रमामात्र नभई सामाजिक कार्यमा पनि उत्तिाकै सक्रिय र समाजसेवी हुनुहुन्छ । शेर्पाले सोलुखुम्बुको विभिन्न स्थानमा शिक्षा स्वास्थ्य क्षेत्रमा उल्लेख्यनीय सहयोग र योगदान गर्दै आनुभएको छ । शेर्पाले आफु सधैं पर्यटन व्यवसायीको हितको पक्षमा काम गर्ने विश्वास दिलाउँदै टान नेतृत्वमा पुर्याउन सम्पूर्ण सदस्यहरुमा अपिल गर्नुभयो । टानको निर्वाचन यहि सेप्टेम्बर दुइमा हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार