जीटीनको साधारणसभा हुने

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) कोे तेस्रो अधिवेशन तथा नवौं वार्षिक साधारणसभा हुने भएको छ ।

असार ७ गते मंगलबार हुने साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन, आयव्यव प्रस्तुत गरिनुका साथै अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष अम्बिर गुरुङले जानकारी दिनुभयो ।

सोही अवसरमा विभिन्न व्यक्तित्वलाइ सम्मान तथा सञ्चारकर्मीलाई ‘डाक्टर हर्क गुरुङ तथा जीटीन पत्रकारिता पुस्कार’ प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो । अधिवेशन काठमाडौंको गोकर्ण हाउस रेष्टूरेन्ट पकनाजोलमा हुने जीटीनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार