नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमानुरु

काठमाडौ । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले अर्का प्रत्यासी राजेन्द्रमान श्रेष्ठलाई पराजित गरेका हुन् । शुक्रबार सम्पन्न संघको अधिवेशन निर्वाचनले बरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्ष आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा याङ्जुम शेर्पा, महासविच मोहन लम्साल, सचिव धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका हुन् ।

सदस्यहरुमा आङदावा शेर्पा, पिताम्बर गुरुङ, किसान गुरुङ, सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा, दिनेश तामाङ, डोमा शेर्पा र ङिमा डोमा शेर्पा निर्वाचित भएका छन् । एक हजार दुइ सय १५ जनाले सदस्यता नविकरण गरेपनि ९०५ जना मतदानमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार