काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को नयाँ नेतृत्का लागि रमेश थापा नेतृत्वको गठबन्धन प्यालन सहित उम्मेदवारी घोषणा भएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका अध्यक्षका प्रत्यासी थापाको प्यानलले पर्यटन प्योकजमा ०७८÷७९ मा भएको भ्याट छुटलाई निरन्तरता दिन पहल गर्ने, पर्यटक सवारी साधन(हरियो प्लेट) सम्बन्धी विभेदकारी यातायात ऐन संशोधनका लागि पहल गर्ने लगायत २७ बुँदे प्रतिवद्घतापत्र सार्बजनिक गरको छ ।
पर्यटन पुनरुत्थान र एकता अबको आवश्यकता भन्ने नाराका साथ घोषणा गरिएको थापा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणी थपलियाको उम्मेद्वारी रहेको छ । यसैगरी सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य रहेका छन् । प्यानलको सदस्यहरुमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, रामशोभित नायक, डेन्डी शेर्पा, महेश कोइराला(दीपक), श्रद्घा जोशी र सवला भण्डारी रहेका छन् ।
पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नुभएका थापाको प्यानलमा नेपाल पर्यटन परिषद, पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन संघबीच गठबन्धन गरिएको बताइएको छ । नयाँ नेतृत्वका लागि दुइ प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । रमेश थापा र विनय बस्नेत नेतृत्वको प्यानल बीच प्रतिस्पर्धा हुने भएको हो। चार सय बढी सदस्य रहेको नाट्टाको चैत्र १७ गते हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ ।