काठमाडौं । लामो समयदेखि समाजसेवामा संलग्न रहदै आउनुभएका मुना बस्नेत सम्मानित हुनु भएको छ । उहाँलाई बुधबार दुई संस्था स्वास्थ्य तथा शिक्षा सरोकार केन्द्र नेपाल र नेपाल शिक्षा सहयोग संस्थाले संयुक्त रुपमा सम्मानपत्रले सम्मान गरेको हो ।
दुवै संस्थाका अध्यक्ष पर्यटन व्यवसायी सन्तबीर लामाले समाजसेवी बस्नेतलाई सम्मान गर्नुभएको हो । काभ्रेको कोशी पारीका गाउँहरुमा सन् १९९५ देखि स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको सरोकार केन्द्रमा सुरुवातबाट काम गर्नुभएकी मुना हाल काठमाडौंमा रहेको शिक्षा सहयोग संस्थामा कार्यरत रहनु भएको छ ।
यसका साथै अन्य दर्जनौं सामाजिक संघ संस्थाहरुमा रहेर सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएका मुनाले सम्मानित हुँदा खुसी व्यक्त गर्नुभयो ।
‘मैले कहिल्यै सम्मानका लागि काम गरिन । सधै समाजका लागि केही काम गरेर देखाउनुपर्छ भन्ने भावना रहिरह्यो’, सम्मानित हुनुभएपछि मुनाले भन्नुभयो, ‘आज यो सम्मान ग्रहण गर्न पाउँदा खुसी लागेको छ । अहिलेसम्म मैले गरेको योगदानको मुल्याङ्कन भएको महसुस् गरेको छु । मलाई सम्मान गर्ने दुवै संस्थाप्रति कृतज्ञ छु ।’
संस्थाका अध्यक्ष लामाले पनि सम्मानित व्यक्तित्व मुनाले सामाजिक सेवामा पु¥याउनुभएको योगदान सम्झनु भयो । ‘संस्थाले कोशी पारीका बिकट गाउँमा औषधीको नाममा सिटामोलसम्म नपाउने समयमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरेको छ । मुना जीले त्यो बेलादेखि सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ’, अध्यक्ष लामाले भन्नुभयो, ‘यस्तो व्यक्तिलाई सम्मान गर्न पाउँदा हामीले पनि गर्वको महसुस् गरेका छौं ।’ लामा नेपाल पर्वतारोहण संघ (एनएमए) का समेत अध्यक्ष हुनुुहुन्छ ।