काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नृतत्व चयन भएको छ । शनिबार काठमाडौंमा भएको समितिको नवौं वार्षिक साधारण सभाले रांकेश गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमितिको चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्रप्रसाद सुवेदी, द्धितीय उपाध्यक्षमा दलबहादुर गुरुङ, महासचिवमा चन्द्रबहादुर गुरुङ, सचिवमा सुक लामा तामाङ, कोषाध्यक्षमा टेकबहादुर गुरुङ र सहकोषाध्यक्षमा रीता अधिकारी चयन भएका छन् । २५ सदस्यीय कार्यसमिति सदस्यहरुमा डम्बर अधिकारी, हर्क गुरुङ, योगेन्द्र तामाङ, दिलबहादुर गुरुङ, गणेश थापामगर, बुद्धि थापामगर, भरत सापकोटा, प्रिसिला तामाङ, भाइराम थापामगर, दिल गुरुङ, बालमिकी अधिकारी, दिलमान गुरुङ, अजय थापा तामाङ, मिलन गुरुङ, सरोज गुरुङ, रबिन तामाङ र सुकबहादुर घले चयन भएका हुन् ।
कार्यक्रमका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कंडेलले धादिङ जिल्लामा पर्यटनमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले धािदङको विकास निर्माणमा आफूले सक्दो प्रयास गरिरहेको उल्लखे गर्नुभयो ।
संघीय सांसद खेम लोहनी, उद्योग पर्यटन तथा वातावरण समितिकी सभापति माननीय रमा आले मगर, प्रदेश सांसद जगत सिंखडा, पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङ, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल लगायत विभिन्न संघसंस्थाका पदाधिकारीले जिल्लाको पर्यटन विकास र प्रवद्र्धनमा जोड दिए ।
कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ तथा निर्वतमान अध्यक्ष तेजबहादुर गुरुङले समग्र धादिङको पर्यटकीय गन्तब्यहरुमा पर्यटनमैंत्री वातावरण निर्माण गर्नुपर्ने, गणेश हिमाल पर्यटन पर्यटन प्रवद्र्धनमा राजनीतिक खिचातानी भन्दा माथी उठेर लाग्न जिल्लाका सरोकारलाहरुलाई आग्रह गर्नुभयो ।
समितिले सो अवसरमा जिल्लाको पर्यटन प्रवद्र्धनमा योगदान गरेका विभिन्न व्यक्ती र सञ्चारकर्मीहरुलाई सम्मान गरेको थियो