जीटीनले बनभोजसँगै सम्मान कार्यक्रम आयोजना गर्ने

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन) ले अर्काे साता बनभोज (पिकनिक)सँगै भिक्ते क्यालेन्डर प्रकाशन र पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरुमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

अध्यक्ष अम्बीर गुरुङका अनुसार जीटीनले यही २१ चैतमा बालाजुस्थित २२ धारामा बनभोज कार्यक्रमको आयोजना गर्ने छ । सोही कार्यक्रममा संघले भिक्ते क्यालेन्डर प्रकाशन गर्ने र पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरुमा निर्वाचित नयाँ नेतृत्वहरुलाई सम्मान गरिने जनाएको छ ।

‘हामीले कोरोनाको समयमा धेरै काम गर्न पाएनौं । अहिले अवस्था केही सामान्य बन्दै गइरहेको जस्तो देखिएकाले थाती रहेका कामहरु आगाडि बढाउने प्रयास गरेका छौं’, अध्यक्ष अम्बीरले भन्नुभयो, ‘हामी सोही दिन हाम्रो भिक्ते क्यालेडर सार्वजनिक गर्दै छौं । साथै, यो अवधिमा पर्यटन क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरुमा निर्वाचित व्यक्तीहरुलाई सम्मान पनि गर्ने छौं ।’

जीटीनले क्यालेन्डर तयार पार्न द्धितिय उपाध्यक्ष पिताम्बर गुरुङलाई जिम्मेवारी दिइएकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार