जीटीनको स्थापना दिवस तथा वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) का अध्यक्ष अम्बिर गुरुङले जीटिनलाई मजबुत र सफल बनाउन पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुको सल्लाह सुझावको सधैं खाँचो रहेको बताउनुभएको छ ।

जीटीनको ९औं स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष अम्बिर गुरुङले सबैको सल्लाह सझावले नै जीटिन सफल र मजबुत हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सबैको सल्लाह सुझावले नै जीटीनलाई भविश्यमा अझ मजबुत र एक ढिक्का बनाउन सहयोग पुग्नेछ ।’ अध्यक्ष गुरुङले जीटीनले विगतमा गरेको काम र स्थापनाको समयमा गरेका संघर्षसंगै संस्थापक अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुलाई स्मरण गर्नुभयो ।

भविश्यमा जीटिनले पर्यटन प्रवद्र्धनका लागि घरबास तालिम, हाइकिङ, लगायतका विभिन्न गतिविधीहरु सञ्चालन गर्ने योजना रहेको उहाँले सुनााउनुभयो ।

जीटीनका सल्लाहकार टिकाराम गुरुङले कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्रको विकल्पको रुपमा अन्य क्षेत्रमा लगानी र प्रवद्र्धन गर्न सकिने सुझाउनुभयो । सल्लाहकार गुरुङले जीटिन सधैं एक ढिक्का भएर अघि बढ्न शुभकामना दिनुभयो । आरोहीहरुलाई जीटीन समितिमा समेट्न अर्का सल्लाहकार धनबहादुर गुरुङले सुझाउनुभयो ।

निवर्तमान अध्यक्ष कमला गुरुङले संस्थाप्रति आफ्नो योगदान सधैं रहने उल्लेख गर्नुहुँदै जीटीनको इतिहास, स्थापनाको समयदेखिको संघर्ष, योगदान र सहयोग गर्नुहुने सबैको चर्चा गर्नुभयो । उपाध्यक्ष पिताम्बर गुरुङले जीटीनलाई सफल बनाउन सबैको सहयोग र योगदानको खाँचो रहेको औंल्याउनुभयो ।

जीटीनको स्थापना दिवस तथा बार्षिक साधारणसभाको अवसरमा महासचिव किसनराज गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने कोषाध्यक्ष विन्दु गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन सभाले पास गरेको थियो ।

जीटीनको स्थापना दिवस तथा वार्षिक साधारणसभाको उद्घाटन अध्यक्ष अम्बिर गुरुङ, सल्लाहकारद्वय धनबहादुर गुरुङ र टिकाराम गुरुङले संयुक्त रुपमा केक काटेर गर्नुभएको थियो । कार्यक्रम सो¥हखुट्टे स्थित होटल विन्दु बी एण्ड बी मा आयोजना गरिएको थियो । कार्यक्रमा जीटीन पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार