जिपी कोईराला फाउण्डेशन पर्यटन विभाग निर्देशकमा कुलबहादुर गुरुङ

काठमाडौं । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ जिपी (गिरिजाप्रसाद) कोइराला फाउण्डेशन अन्तर्गत पर्यटन विभागको निर्देशक नियुक्त हुनुभएको छ । जिपी कोइराला पाउण्डेसन संञ्चालक समितिले मंसिर ३ गते निर्णय गरी उहाँलाई नियुक्त गरेको हो ।

पर्यटन क्षेत्रको अनुसन्धान, प्रवद्र्धन र विकासमा योगदान पुग्ने अपेक्षासहित गुरुङलाई नियुक्त गरिएको नियुक्ती पत्रमा उल्लेख छ । नेपाल पर्वतारोहण संघका महासचिव गुरुङ विश्व पर्वतारोहण महासंघ (यूआइएए)को व्यवस्थापन समितिका सदस्यसमेत हुनुहुन्छ ।

पर्वतीय पर्यटनमा देखिएका चुनौतिहरुको विषयमा विद्यावारिधी गर्दै गर्नुभएका गुरुङले ग्रामिण पर्यटन, पर्वतीय पर्यटनको प्रवद्र्धन र दिगो विकास, यसको अवसर र चुनौतिका बारेमा अध्ययन अनुसन्धान गर्ने वताउनुभयो ।

लामो समयदेखि नेपाली पर्यटन क्षेत्रको नेतृत्वमा रहनु भएका गुरुङले पर्वतीय पर्यटनमा भएका नीतिगत विषयमा वकालत गर्ने उल्लेख गर्नुभयो । ‘आफू संलग्न रहेको क्षेत्रमा योगदान पु¥याउने अर्काे जिम्मेवारी पाएको छु । यसमा खुसी लागेको छ’, गुरुङले भन्नुभयो, ‘यसका लागि जिपी कोइराला फाउण्डेशन र संस्थाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार