काठमाडौं । सातौं पार्क योङ स्योकका ओपन वाल क्लाइम्बिङ कम्पिटिसन सम्पन्न भएको । धुम्बाराही स्थित पासाङ ल्हामु स्पोर्टस क्लाइम्बिङ सेन्टरमा आयोजित कम्पिटिसन अन्तर्गत भएका दुई इभेन्टभम्ये लिड रोप क्लाइम्बिङमा महिलातर्फ अलेक्स्जेण्डर प्रजविज, पञ्चमाया तामाङ र स्वस्तिका चौधरी क्रमशः पहिलो दोस्रो र तेस्रो विजेता बन्नुभयो ।
पुरुषतर्फ विजय सुनार, भीमबहादुर तामाङ, टिनटिन राई क्रमशः पहिलो दोस्रो र तेस्रो विजेता बन्न सफल हुनुभएको छ । लिड रोपमा २१ जनाको सहभागिता रहेको थियो ।
३२ जना सहभागी टप रोप क्लाइम्बिङमा देविका पाण्डे, कविता लामा र लक्ष्मी पाण्डेले क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो, यसैगरी पुरुषतर्फ पास तेन्जेन शेर्पा, सुरेश तामाङ र उज्वल बंशीले पहिलो, दोस्रो र तेस्रो हुन सफल हुनुभयो ।
प्रतियोगिताका विजेतालाई यूनियन अल्पाइन एशोसिएसन अफ एसियाका अध्यक्ष डाक्टर इन जोङ ली, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे र नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नुभयो ।
लिड रोपका विजेता महिला तथा पुरुषले क्रमशः तीस हजार, बीस हजार र दश हजार तथा प्रमाण पत्र प्राप्त गरे । त्यसैगरि टप रोपका विजेताले क्रमशः दश हजार, पाँच हजार र पच्चीस सय पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
नेपाल पर्वतारोहण संघ र कल्चर फाउन्डेसनको संयुक्त आयोजनामा विश्व विख्यात आरोही पार्क योङ स्योकको स्मृतिमा ओपन क्लाइम्बिङ कम्पिटिसन आयोजना गरिएको हो ।
खेल आन्तरिक तथा बाह्य पर्यटनलाई मनोरञ्जन तथा आत्म विश्वास बढाउने उद्देश्यले आयोजना गरिएको आयोजक संघले जनाएको छ ।
पार्क योङ स्योकको अन्नपूर्ण साउथ आरोहणको क्रममा सन् २०११ मा निधन भएपछि उहाँको सम्झाना खेल आयोजना हुँदै आएको संयोजक तुलसिं गुरुङले जानकारी दिनुभयो ।