अन्नपूर्ण आधार शिबिर क्षेत्रमा ५ जना बेपत्ता, हिम पहिरोमा परेको अनुमान


काठमाडौं । अन्नपूर्ण आधार शिबीर क्षेत्रमा ५ जना बेपत्ता भएका छन् । खराब मौसमका कारण हिम पहिरोमा परेको हुनसक्ने बताइएको छ ।

अन्नपूर्ण आधा शिविर नजिकै देउरालीको हिम पहिरोमा परी दुई नेपाली र ३ जना कोरियाली नागरिक शुक्रबार सम्पर्क विहिन भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।

बेपत्ताको खोजी र उद्दारका का लागि घटनाको सूचना पाएसंगै टान पोखराबाट सात जनाको टोली उद्दारको लागि घटनास्थल तर्फ लागेको टानका संचार संयोजक शिम्बिर घलेले जानकारी दिनुभयो । भारी बर्षा र हिमपात कारण सम्पर्क हुन नसकेकाले यकिन विवरण आउन केहि समय लाग्ने घलेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार